बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • रोजगार
  • गाईपालनबाट वार्षिक ४ लाख आम्दानी
रोजगार

गाईपालनबाट वार्षिक ४ लाख आम्दानी

  • सिधा दृष्टी बुधबार, साउन २९, २०७६ | August 14, 2019

काठमाण्डौ । बिहान ५ बजे उठेर गाईको स्याहारसुसारमा लाग्छन् नारायण अधिकारी । ३२ वर्षिय अधिकारी कृषि, पशुपालन, बाख्रापलन र कुखुरापालनबाट स्वदेशमै सन्तुष्ट छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ पटौटीमा जन्मिएका अधिकारी गाउँमै गाईपालनमा लागेका हुन् । ७ वर्ष कुखुरापालन र २ वर्ष बाख्रापालन व्यवसाय गरेका अधिकारी पछिल्लो २ वर्षदेखि गाईपालन व्यवसायमा लागेका हुन् । अधिकारीसँग हुर्के खेलेका साथी वैदेशिक रोजगारीमा छन् ।
७ वटा उन्नत जातका गाईपालन गरेका अधिकारीले वार्षिक ४ लाख आम्दानी गर्छन् । दैनिक ६० लिटर दूध उत्पादन

गर्ने गरेको अधिकारीले बताए । ११ महिनाको समयमा ७ हजार १ सय ३४ लिटर दूध उत्पादनबाट अधिकारीले ३ लाख ५६ हजार ६ सय ७० रूपैयाँ आम्दानी गरेको बताए । आफ्नो उमेर समूहका अधिकांश साथी विदेश जाँदा उनी भने गाउँमै उदाहरणीय काम गरेर बसेका छन् ।

“गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भने विदेश जानु पर्दैन,” उनले भने, गाईपालनबाट चार जनाको परिवार राम्रोसँग चलेको छ ।” २२ वर्षको उमेरदेखि नै व्यवसाय सुरु गरेका उनी अहिलेको गाईपालन फार्म र गाई खरिद गर्दा करिब आठ लाख लगानी गरेको बताउँछन् । उनले कुनै पनि निकायबाट अहिलेसम्म अनुदान लिएका छैनन् ।
पाणिनी मैदानकी कमला बेल्वासेले ११ महिनामा २ लाखको दूध बिक्री गरिन् । २९ सय २६ लिटर दूध बिक्रीका लागि मैदानको नेटामा रहेको सफल डेरीमा उनले ल्याइन् । “बिहानको समयमा गाईभैंसीको स्याहारसुुसारसँगै दूध बिक्री गर्न डेरीमा ल्याउँछु,” बेल्वाले भनिन्, “घर खर्च राम्रोसँग चलेको छ ।” कारोबार दैनिकमा घनश्याम पौडेलले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय