शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • १८ महिनामा प्रदेश ३ ले बनायो ३६ कानुन
वागमती प्रदेश

१८ महिनामा प्रदेश ३ ले बनायो ३६ कानुन

  • सिधा दृष्टी मङ्लबार, साउन २८, २०७६ | August 13, 2019

काठमाण्डाै । प्रदेश ३ ले १८ महिनामा ३६ वटा कानुन निर्माण गरेको छ। ०७४ पुसमा गठन भएको प्रदेश सभाले ०७६ असार मसान्तसम्म प्रदेश सरकारबाट पेस भएका ४३ वटा विधेयकमध्ये ३६ प्रमाणीकरण, ५ समितिमा छलफल र २ वटा नयाँ दर्ता भएको जनाएको छ।

प्रदेश सभा सचिवालयले प्रकाशित गरेको प्रदेश सभा दर्पण दोस्रो अंक सार्वजनिक गर्दै सभामुख सानुकुमार श्रेष्ठले दोस्रो अधिवेशनअघि २७ वटा कानुन निर्माण गरिएको जानकारी दिए। यस्तै, असार मसान्तसम्म थप १८ वटा विधेयक दर्ता भएकामा १७ वटा टेबल भएको, १२

वटा पारित भएको, नौवटा प्रमाणीकरणमा गएको र पाँचवटा समितिमा दफाबार छलफलको क्रममा रहेको जानकारी दिए।

प्रदेश सभाको दोस्रो अधिवेशनपछि हालसम्म ९ वटा कानुन निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ। त्यसअघि २७ वटा कानुन निर्माण गरेको प्रदेश ३ ले करिब ७ महिनामा ९ वटा कानुन निर्माण गरेको हो। प्रदेश सरकारले आवश्यकताका आधारमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमतिपछि विधेयक निर्माण गर्नेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश ३ का लागि करिब एक सय कानुन आवश्यक पर्ने जनाएको छ। नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय