शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
समाचार

हङ्कङमा एयरपोर्ट मै आन्दोलन

  • सिधा दृष्टी मङ्लबार, साउन २८, २०७६ | August 13, 2019
file photo

एजेन्सी– हङ्कङमा सोमबार पनि विशाल प्रदर्शन भएको छ । सो प्रदर्शनका कारण दर्जनौ हवाइ उडानहरु रद्द भएका छन् । अधिकारीहरुका अनुसार एयरपोर्ट परिसरमा भएको प्रदर्शनका कारण सवारी आवतजावत र पार्किङमा समेत समस्या देखिएको छ । यसैबीच चीनले हङकङमा प्रहरी अधिकारीमाथि पेट्रोल बम फ्याक्ने प्रदर्शनकारीको निन्दा गरेको छ र त्यसलाई आतंकवादको संज्ञा दिएको छ ।

चीनको स्टेट काउन्सिल अन्तर्गतको हङकङ र मकाओ मामला कार्यालयका प्रवक्ताका अनुसार यो प्रदर्शन हङकङ कानुन र त्यहाँको सामाजिक व्यवस्थालाई ध्वस्त पार्न उदृत रहेको छ । चीनले

प्रदर्शनकारीले बम फयाँकेको आरोप लगाइरहेको छ ।

विगत केही दिनदेखि थप चर्किएको आन्दोलनमाथि हङकङ पुलिसले अश्रुग्यास र गोली प्रहार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार लोकतन्त्रको समर्थन गर्दै त्यहाँ ३ महिनादेखि आन्दोलन जारी छ ।

पछिल्ला दिन प्रदर्शनकारीहरुले आन्दोलनको रणननीति फेरेको संकेत दिएका छन् । उनीहरुले प्रहरीसँग सिधा भिडन्त गर्नुको साटो अप्रत्यक्ष रुपमा प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले अबको आन्दोलन प्रहरीसँग सिधा भीडन्त नभई उनीहरुलाई हैरान बनाउनमा केन्द्रीत हुने जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय