बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
मुख्य खबर

साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • सिधा दृष्टी सोमवार, साउन २७, २०७६ | August 12, 2019

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा

बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ ।

यसैले होला शिव उपाशक भक्तजनहरु साउनको हरेक सोमबार बोलबम काबर यात्रा गर्ने गर्दछन् ।शिब उपाशक भक्तजनहरुले गेरु वस्त्रमा खालि खुट्टाले पैदल यात्रा गर्दै, सफा र स्वच्छ जलाशयसम्म पुगी जल भरेर पशुपतिनाथको शिवलिंगमा चढाउने प्रचलन छ ।साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् । रेडियो नेपालबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय