बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
प्रदेश २

विश्वभर बकर इद पर्व मनाइँदै

  • सिधा दृष्टी सोमवार, साउन २७, २०७६ | August 12, 2019

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद सोमबार विश्वभर धुमधामका साथ मनाईंदै छ ।बकर इद मनाउन सोमबार बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् ।

रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ ।बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ

। यसैबीच मुस्लिम समुदायले इदको अवसरमा प्रदेश २ र ५ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बकर इदको उपलक्षमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने नेताहरुको शुभकामनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय