काठमाण्डौ । दाङमा शनिबार राति पौने १ बजेतिर बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
आगलागी बाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको पनि नष्ट भएको प्रहरी प्रबत्ता विनोद विक्रम शाहले जानकारी दिए ।
वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कसले र किन आगजनी गरेको हो ? भन्ने कुरा खुल्न नसकेको जनाइएको छ । प्रहरीले भने प्रतिवन्धित पार्टी विप्लव
नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरेको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।