शनिबार, मंसिर १०, २०७९ | Saturday 26th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ‘विवाह गर्ने उमेर २० वर्ष, यौनसम्पर्क राख्न योग्य उमेर १८ वर्ष हुँदा न्यायनिरुपणमा अप्ठ्यारो’
मुख्य खबर

‘विवाह गर्ने उमेर २० वर्ष, यौनसम्पर्क राख्न योग्य उमेर १८ वर्ष हुँदा न्यायनिरुपणमा अप्ठ्यारो’

  • सिधा दृष्टी बिहिबार, साउन २३, २०७६ | August 8, 2019

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डमा प्रहरी तत्काल संवेदनशील नहुँदा समस्या भएको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजमा हुने यस्ता घटनाले बृहत् बहस सिर्जना गर्ने बताए ।

अपराध तथा दुर्व्यसनमुक्त समाज बनाउन ठोस नीति निर्माण गरिनुपर्ने र निजी तथा सरकारी, गैरसरकारी क्षेत्र क्रियाशील हुनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

‘परिभाषा त्रुटिपूर्ण’

कार्यक्रममा काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले विवाहयोग्य उमेर २० वर्ष र यौनसम्पर्क

राख्न योग्य उमेर १८ वर्ष हुँदा न्यायनिरुपणमा अप्ठ्यारो पर्ने गरेको बताए ।

यसैगरी, उनले फौजदारी अपराध संहितामा पुरुषको पनि जबर्जस्ती करणी हुनसक्छ भन्ने सोच विधायिकाले नराख्दा परिभाषा नै त्रुटिपूर्ण रहेको औंल्याए । @imagekhabar

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय