बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
समाचार

जेलबाट भाग्न महिलाको भेषमा

  • सिधा दृष्टी बिहिबार, साउन २३, २०७६ | August 8, 2019

एजेन्सी– सामाजिक सञ्जालमा हाल साललै एउटा भिडियो लोक प्रिय बनेको छ । जुन भिडियोमा एक व्यक्ति महिलाको भेषमा देखिएका छन् । यो घटना ब्राजिलमा भएको हो । साच्चिकै उनी महिला होइनन् । जेलबाट भाग्न यस्तो उपाय निकालेका हुन् ।

४२ वर्षका क्लाभिनो डा सिल्भा नाम गरेका व्यक्ति हुन् । उनी लागुपदार्थ तस्कारीको आरोपमा जेलमा थिए ।

रियो दि जेनेरियोको एक कारागारमा लागुपदार्थ तस्करीमा जेल सजाय कटाइरहेका रहेका थिए । उनले जेलबाट भाग्न महिलाको अवतार धारण गरे । बाबुलाई भेट्न गएकी

१९ वर्षीया छोरीले उनलाई जेलबाट भगाउनका लागि महिलाको कपडा र अन्य सामग्री लगेकी थिइन् ।

७३ वर्षको जे–ल सजाय पाएका उनले दश वर्षमात्र जे।ल सजाय मात्र काटेका थिए । उनलाई जे–लबाट भगाउन सहयोग गरेपछि उनकी छोरीलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सिल्भाले महिला बन्न प्रयोग गरेका सामाग्री लगाउँदा उनी झन्डै छोरीजस्तै देखिएका थिए । तर हिँडाई र शरीरको बनावट अस्वभाविक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि उनी जेलबाट भाग्ने उन उपाय विफल भयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय