मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
बलिउड / हलिउड

आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?

  • सिधा दृष्टी बुधबार, साउन २२, २०७६ | August 7, 2019

एजेन्सी । बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले आफ्नो बिहेको खबर खारेज गरेलगत्तै फेरि नयाँ बयान दिएर खलबली मच्चाएकी छिन् । अहिले राखीले बिहेको कुरा स्वीकार गरेकी छिन् । आफ्नो नयाँ अन्तरवार्तामा राखीले आफूले बिहे गरेको बताएकी छिन् ।

स्पटब्वायलाई दिएको अन्तरवार्तामा राखीले भनिन् ‘म डराएकी थिएँ । हो मैले बिहे गरें । मैले मेरो बिहेको कुरा पुष्टि गर्छु । तपाइँहरुले पाएको जानकारी सही हो कि मेरा पति एनआरआइ हुनुहुन्छ । मेरा पतिको नाम रितेश हो र उहाँ बेलायतमा बस्नुहुन्छ

। उहाँ बेलायत फर्किसक्नुभएको छ । मेरो भिसाको प्रक्रिया चलिरहेको छ र छिटै म पनि बेलायत जानेछु ।’

राखीका अनुसार रितेश उनका फ्यान थिए र उनलाई ह्वाट्सएपमा म्यासेज गर्थे । उनीहरु कुराकानी बढ्दै जाँदा छिटै साथी बने । उनीहरुको भेट करिब १ वर्ष पहिले भएको थियो । रितेशले पहिले राखीलाई आफ्ना एक साथीसँग बिहे गर्ने ? भनेर सोधेका थिए । राखीले अस्वीकार गरिन् । राखीले भनिन् ‘मैले भनें कि मेरो मनमा घण्टी बजेन । त्यसपछि उहाँले मलाई सोध्नुभयो कि के मेरो लागि मनमा घण्टी बज्छ ? त्यसपछि मैले मलाई सोच्न समय मागें ।’ समय बित्दै जाँदा आफूलाई रितेशसँग प्रेम भएको र यो प्राकृतिक रुपमै भएको उनले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय