मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बालुवाटारस्थित सुबिसुको आगलागी नियन्त्रणमा, क्षतिको विवरण अाउदै
मुख्य खबर

बालुवाटारस्थित सुबिसुको आगलागी नियन्त्रणमा, क्षतिको विवरण अाउदै

  • सिधा दृष्टी बुधबार, साउन २२, २०७६ | August 7, 2019

काठमाडौं । बालुवाटारस्थित इन्टरनेट तथा र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । प्रहरी तथा सेना, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका दमकल तथा त्रिभुवन विमानस्थलको फोमवाला दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘आगो नियन्त्रणमा लिन ठूलो मात्रामा फायर कन्ट्रोल फ्लूइड (आगो निभाउन विशेष प्रकारको तलर पदार्थ) प्रयोग गर्दा पनि नियन्त्रणमा लिन लामो समय लाग्यो,’

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण शुरु गरेको छ । प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान

गरेको छ । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उक्ता आगलागीबाट कुनै मानवीय क्षति भने नभएको पनि डिएसपी जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय