शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • ग्याँसको मूल्य अब २५ रूपैयाँ सस्ताे
अर्थनीति

ग्याँसको मूल्य अब २५ रूपैयाँ सस्ताे

  • सिधा दृष्टी बुधबार, साउन २२, २०७६ | August 7, 2019

काठमाडौं। लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो ।

यसअघि खाना पकाउने एलपी ग्याँसको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो । अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन् । यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ । यसैगरि,

डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ ।

निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ । हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय