बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
समाचार

साउदीमा ३५ नेपाली अलपत्र

  • सिधा दृष्टी बुधबार, साउन २२, २०७६ | August 7, 2019

काठमाडौँ — तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन्। कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरू दूतावासको शरणमा आएका हुन्।

उनीहरूलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ। दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन। ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो। कम से कम सुरक्षित त छौं। बिहानबेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घाम छेक्ने छत छ।’

दूतावासका गाडी पर्किङ गर्ने ठाउँमा उनीहरूलाई राखिएको छ । सुत्न मिल्ने

ओछ्यान छैन। खाना बाहिरबाट ल्याएर दूतावासले खुवाइरहेको छ। उनीहरूलाई काठमाडौंस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो। ‘३ महिनामा एक रुपैयाँ कमाइ भएन। कुनै काम पनि दिइएन। खालि कम्पनी मात्रै परिवर्तन भइरह्यो,’ १ लाख ४० हजार रुपैयाँ तिरेर साउदी पुगेका महोत्तरीका नामोमुद पासवानले भने, ‘हामीलाई कम्पनीले फर्निचरको काम नै दिन सकेन।’

आफूहरूका समस्या म्यानपावर कम्पनीले सुनुवाइ नगरेको उनीहरूले बताए। कम्पनीको व्यवस्थापनलाई नेपाल पठाइदिन अनुरोध गर्दा उल्टो धम्की आउने गरेको उनीहरूको गुनासो छ। ‘खानासमेत दिइएन। हामी बस्ने क्याम्पको बत्ती काटिदियो। केही उपाय नलागेपछि बाध्य भएर दूतावासमै बस्नुपरेको हो,’ ओलीले भने, ‘उता खुला आकाश थियो। बाहिर बस्दा कसैले ढुंगा हानिदिन्छ भन्ने डर हुन्थ्यो।’ म्यानपावर कम्पनी र रोजगारदातासँग समन्वय गरी पीडितको उद्धार प्रक्रिया थालिसकेको नेपाली दूतावासले जनाएको छ। अाजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय