बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अटो
  • नेपालमै पहिलो पटक प्रदेश नं. १ मा विद्युतीय बस सञ्चालन गर्दै
अटो

नेपालमै पहिलो पटक प्रदेश नं. १ मा विद्युतीय बस सञ्चालन गर्दै

  • सिधा दृष्टी मङ्लबार, साउन २१, २०७६ | August 6, 2019

रोशनी भट्टराई

विराटनगर । नेपालमै पहिलो पटक काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश १ मा पनि बस सञ्चालन गर्ने तयारी शुरु गरेको छ ।

सुन्दर यातायातले प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र छ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा पाँच महिना भित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने प्रस्ताव पेश गरेको छ । बस सञ्चालन गर्ने बारे उक्त कम्पनीले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको लागि आग्रह समेत गरेको छ ।

विराटनगर, काँकडभिट्टा, इटहरी, धरान, दमकलगायत क्षेत्रमा सात कट्ठादेखि नौ कट्ठाको दरले जग्गा उपलब्ध भएमा तीन महीना भित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर याताया प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘पहिलो चरणमा विराटनगर–काँकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन गर्ने सोच हामीले बनाएका छौं ।’ एउटा चार्जिङ स्टेशन निर्माण गर्न रू। ७० लाखसम्म खर्च हुने उनले बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यो प्रक्रियाको लागि सरकारले सहजीकरण गर्ने र चाँडै नै विद्युतीय बस सञ्चालनको लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको पनि उनले बताए । सञ्चालन हुने बसको मूल्य रू।१ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बसमा उभिनसमेत मिल्नेगरी ७० जनासम्म यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । @abhiyandaily

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय