काठमाण्डौ । सरकारले अघि सारेको भिजीट नेपाल–०२० को नारा बोकेर मकवानपुरे व्यवसायीको टोली रसिया भ्रमणमा गएको छ ।
मकवानपुरमा रहेर कुखुरा व्यवसायमा सक्रिय रहेका ११ सदस्य टोलि बिहीवार रसिया र ओमानको भ्रमणमा गएको हो । टोलीले सरकारले अघि पर्यटक आगमनका लागि प्रचारप्रसारका लागि नेपाल बिभिन्न चर्चित ठाउँका फोटो अंकित पोशाक लगाएर गएका हुन्। मकवानपुर पोल्ट्रि कल्याणकारी संघका अध्यक्ष सुनिल अधिकारीको नेतृत्वमा ११ सदस्य टोली ७ दिने भ्रमणमा गएको हो ।
उनिहरूले भ्रमणको क्रममा नेपालका प्रसिद्ध पर्यटकीय स्थलहरू दरबार स्क्वायर, पशुपत
क्षेत्र, लुम्बीनी क्षेत्र, बिभिन्न ताल र ठाउँको फोटो अंकित परेको पोशाक लगाएर गन्तव्य चिनाउँने अभियान पनि समेटेको अधिकारीले बताए ।
टोलीमा बिष्णु अधिकारी, राजेन्द्र मैनाली, जयराम अर्याल, ऋषिराम दुलाल, प्रताप घलान, जोगबहादुर लामा, शुवाष गुरुङ, गणेश खड्का, प्रदीप पण्डीत, ओम खड्कासहित ११ जना रहेका छन् ।
टोलीले आफूले लगाएका भ्रमण वर्ष सफल बनाउने पोशाक विदेशमा आफूहरुलाई घुमाउने गाइडलाई पनि लगाउन लगाएर अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताएका छन् । @onlinekhabar