काठमाडौ । लगातार दुई शक्तिशाली भुकम्पपछि मानिसहरुको भागाभाग भएको छ । भुकम्पको जोखिम भएका देहरुमा सुचिबद्ध फिलिपिन्समा आज बिहान दुई शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको हो । फिलिपिन्स ज्वालामुखी र भूकम्प विज्ञान संस्थान (फिवोलक्स) ले दिएको जानकारी अनुसार आज बिहान ५.६ र ५ रेक्टरका दुई भुकम्पको धक्का महसुस गरिएको हो ।
पहिलो ५.६ को भूकम्प दक्षिणी फिलिपिन्सको दाभाओ ओसिडेंडेन्टमा स्थानीय समय अनुसार बिहान १२:१० बजे गएको हो । दोस्रो ५ रेक्टरको भूकम्प, जुन मध्य फिलिपिन्सको उत्तरी सामर प्रान्तमा स्थानीय समय
बिहान १:२८ बजे हल्लाएको थियो । यी भूकम्पका धक्काहरु अन्य छिमेकी राज्यहरुमा पनि अनुभव गरिएको थियो ।
यद्यपि दुबै भूकम्पमा कुनै हताहत वा क्षति भएको खबर आएको छैन । गएको हप्ता शनिबार बिहान फिलिपिन्सको उत्तरी पोत बाटानेस टापुहरूमा तीनवटा लगातार भूकम्प आउँदा आठ व्यक्तिको मृत्यु भएको थियो भने ६३ जना गम्भीर घाइते भएका थिए ।
हिँजै मात्र भुकम्पको जोखिम भएको देश इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् । बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ ।
अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन् । सिन्ह्वा