मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • प्रदेश नम्बर २ को सरकारले आफ्नो छुट्टै बैंक स्थापना गर्ने
बैँक / वित्त

प्रदेश नम्बर २ को सरकारले आफ्नो छुट्टै बैंक स्थापना गर्ने

  • सिधा दृष्टी शुक्रबार, साउन १७, २०७६ | August 2, 2019

काठमाडौं । प्रदेश नम्बर २ को सरकारले आफ्नो स्वामित्वमा प्रदेशस्तरको छुट्टै विकास बैंक स्थापना गर्ने भएको छ ।

बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

कार्यदलको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित संघीय कोष तथा लेखा नियन्त्रणका प्रमुख डा वीरेन्द्र मिश्र, नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून

अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार सदस्य–सचिव रहेका छन् ।

कार्यदललाई बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ । कार्यदलका संयोजक डा। हरिवंश झाले अवधारणा पत्रमाथि छलफल शुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रूप दिइने बताए । @khabarhub.com

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय