मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बिज्ञान/प्रबिधि
  • यी हुन् विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी
बिज्ञान/प्रबिधि

यी हुन् विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी

  • सिधा दृष्टी शुक्रबार, साउन १७, २०७६ | August 2, 2019

स्ट्राटेजिक एनालिटिक्स तथा काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ ।

विश्व स्मार्टफोन बजारको गिरावटका बाबजुत सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्साको मामिलामा वृद्धिदर हासिल गर्न सफल भएका छन् ।

स्ट्राटेजिक एनालिटिक्सका अनुसार विश्व स्मार्टफोन बजारमा यस त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा २ दशमलव ६ प्रतिशतले कमी आएको छ जबकि सामसुङका स्मार्टफोनको बिक्रीमा भने १।९ प्रतिशतको वृद्धिदर देखिएको छ । अर्को कम्पनी हुवावेका स्मार्टफोनको बिक्रीमा चाहिँ १ दशमलब ७

प्रतिशतको वृद्धिदर हासिल भएको छ ।
एप्पल कम्पनीले भने यो त्रैमासिकमा गिरावटको सामना गर्नुपरेको छ । सन् २०१९ को दोस्रो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रीमा शून्य दशमलव ७ प्रतिशतको गिरावट देखिएको छ ।

संख्याका हिसाबले उक्त तीन महिनामा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानको हुवावेका ५ करोड ८७ लाख थान स्मार्टफोन बिक्री भएका छन् भने तेस्रो स्थानमा रहेको एप्पलका ३ करोड ८० लाख थान मात्र आइफोन बिकेका छन् ।

बिक्री तथा मार्केट शेयरको दृष्टिले ९।४ प्रतिशत बजार हिस्सा रहेको शाओमी चौथो स्थानमा र ८।७ प्रतिशत हिस्सा रहेको ओप्पो पाँचौं नम्बरमा रहेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यी दुवै कम्पनीको वृद्धिदरमा सामान्य मात्रै बढोत्तरी देखिएको छ ।

काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा सबैभन्दा धेरै हिस्सा रहेको सामसुङको बजार हिस्सा २१ दशमलब ६ प्रतिशत रहेको छ । दोश्रो स्थानमा रहेको हुवावेको बजार हिस्स १५ दशमलव ८ प्रतिशत रहेको छ भने तेस्रो स्थानको एप्पलको १० दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै चौथो स्थानमा शाओमी छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ओप्पोको ८।१ प्रतिशत, भिभोको ७।५ प्रतिशत, लेनोभोको २।६ प्रतिशत, एलजीको २।२ प्रतिशत तथा नोकियाको स्वामित्व रहेको एचएमडीको बजार हिस्सा १।३ प्रतिशत रहेको छ । त्यस्तै रियलमीको बजार हिस्सा १।३ प्रतिशत रहेको छ भने अन्य विभिन्न ब्राण्डका स्मार्टफोनहरुले बाँकी २०।८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

एजेन्सीको सहयोगमा @onlinekhabar

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय