बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  •  सर्वोच्चको फैसला : गोल्यान धरौटीमा छुट्ने, डीएसपी राउत थुनामै
मुख्य खबर

 सर्वोच्चको फैसला : गोल्यान धरौटीमा छुट्ने, डीएसपी राउत थुनामै

  • सिधा दृष्टी शुक्रबार, साउन १७, २०७६ | August 2, 2019

काठमाडौं । सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुनकाण्डमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्चले सो प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महाविर गोल्यानलाई धरौटीमा छोड्ने फैसला गरेको छ ।

यस्तै, उच्च अदालत विराटनगरको आदेश सदर भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले शुक्रबार यस्तो फैसला गरेको हो । गोल्यानसँग १० लाख धरौटी माग गरेको र अन्यको हकमा उच्च अदालतकै आदेश सदर भएको छ ।

के हो साढे ३३

किलो सुन प्रकरण ?

गत माघ ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएईबाट ३३ किलो अवैध सुन चुडामणि उप्रेती ुगोरेु को योजनामा नेपाल भित्रिएको थियो । विमानस्थलबाट बाहिरिएको सुन हराएपछि यसको रहस्य बाहिरिएको हो ।

आफ्नो सुन हराएपछि गोरेले आफ्ना पूर्व लेखा सहयोगी मोरङका सनम शाक्यले सुन लुकाएको आशंकामा यातना दिएर हत्या गर्न लगाएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएको थियो । सरकारले यसको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले सुनकाण्डको विस्तृत प्रतिवेदन सरकारलाई बुझाइसकेको भएपछि सार्वजनिक गरिएको छैन ।

समितिले ३३ किलो सुन प्रकरण र सनमको हत्या प्रकरणमा प्रहरी अधिकारी,गोरे लगायतका ३५ जनाभन्दा बढीविरुद्ध मुद्दा दायर गर्न सिफारीस गरेको थियो । सुन प्रकरणमा प्रहरीका अधिकारी पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, संजय राउतलगातयको सुन तस्करीसँग सम्बन्ध रहेको भन्दै प्रतिवादी बनाइएको थियो ।

मोरङ सरकारी वकिलको कार्यालयमार्फत् अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो । त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते भित्रिएको भनिएको ३३ किलो सुन प्रकरणमै जोडिएर फागुन १८ मा मोरङका सनम शाक्यको हत्या भएको थियो । सुन प्रकरणमै पक्राउ परेका प्रेमनारायण चौधरीले आत्महत्या गरेका थिए । @baahrakhari  बाट

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय