काठमाडौं । गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ। सुनजडित सो लोगो चीनबाट ल्याइएको हो।
गोरखापत्र दैनिकका अनुसार यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ। लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ।
यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो । नयाँ लोकोको मूल ६ हजार ५०० छ। लोगोधित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ।