काठमाण्डौ । बलिउड सिनेमा ‘साहो’का कारण आफ्नो रिलिज मितिलाई एक साता पछाडि सारेको ‘हजार जुनीसम्म’ पुनः पूर्वनिधारित मितिमै रिलिज हुने भएको छ।
साउन ३० गतेको रिलिज मितिमा बलिउडका ३ ठूला सिनेमा' मिसन मंगलु, बाटला हाउसु तथा 'साहो' रिलिज हुने भएपछि सिनेमाले भदौ ६ गतेलाई नयाँ रिलिज मिति तोकेको थियो।
त्यही मितिबाट सरेर 'साहोु भदौ १३ गते पुगेपछि' हजार जुनीसम्मु पुनः पुरानै रिलिज मितिमा फर्किएको हो। 'साहो' सँगै सो मितिमा 'दयारानी' रिलिज हुँदैछ।
मंगलबार पोस्टर सार्वजनिक गर्दै 'हजार जुनीसम्म' ले साउन
३ गते नै रिलिज हुने घोषणा गरेको हो।
यस सिनेमाका निर्देशक विकाशराज आचार्य हुन्, भने मुख्य अभिनय रुपमा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का संगै सलोन बस्नेत, शिवहरि पौडेल, अखिलेश प्रधान, अनुभव रेग्मी, संचिता लुइँटेल आदिको अभिनय छ ।