मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • रुसी बक्सर म्याक्सीम दादासेभको निधन
अन्तराष्ट्रिय

रुसी बक्सर म्याक्सीम दादासेभको निधन

  • सिधा दृष्टी शुक्रबार, साउन १०, २०७६ | July 26, 2019

एजेन्सी । बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन भएको छ ।

अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाईते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो ।

क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाईटमा २८ वर्षिया दादासेभ घाईते भएका थिए ।

अन्तिम राउण्डको फाईट चलिरहँदा घाईते भएपछि दादासेभलाई अस्पतानल भर्ना गरिएको थियो ।

मस्तिष्कमा रगत जम्मा भएपछि आपतकालिन शल्यक्रिया गरिए पनि चिकित्सकहरुले उनको मुटुको चाल बन्द भएको घोषणा गरे ।

रुसी बक्सिङ महासंघले घटनाबारे छानविन

थालेको बताएको छ । दादासेभको उपचारका आवश्यक प्रक्रिया पालना नभएको रुसको आशंका छ ।

दादासेभले यसअघि करियरका सबै १३ वटा फाईट जितेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय