बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • शान्ति, सुरक्षाका लागि अमेरिकी सेनालाई साउदीमा पठायो
समाचार

शान्ति, सुरक्षाका लागि अमेरिकी सेनालाई साउदीमा पठायो

  • सिधा दृष्टी शुक्रबार, साउन १०, २०७६ | July 26, 2019

रासस/सिन्ह्वा । साउदी राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृति दिएका छन् ।

साउदीको प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारीअनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताएका छन् ।

अमेरिकी ५०० सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा तैनाथ रहने छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानका कारण सिर्जित खतराबाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न लागिएको दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै ‘सीएनएन’ले

जनाएको छ ।

खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्नेगरी अमेरिकी सेना रियाद ल्याउन लागेको हो ।

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट आफू छुट्टिएको घोषणा गरेपछि दुई देशबीच तनाव बढ्न थालेको छ ।

इराक युद्धपछि साउदी अरबले सन् २००३ देखि अमेरिकी सेना आफ्नो देशमा राखेको थिएन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय