मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • बस र माइक्रो ठोक्कियो : १२ जना घाइते
प्रदेश १

बस र माइक्रो ठोक्कियो : १२ जना घाइते

  • सिधा दृष्टी सोमवार, साउन ६, २०७६ | July 22, 2019

काठमाण्डाै । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा आज बिहान यात्रुबाहक बस र माइक्रो एकआपसमा ठोक्किएर माइक्रो खोलामा खस्दा १२ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौं आउँदै गरेको बा. ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
बस र माइक्रो ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका

लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको छ ।
रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय