काठमाडौं । जल तथा मौसम पूर्वानमान महाशाखाले गएरातिबाट मुलुभर भारी वर्षा भएको जनाएको छ । देशभर मनसुनी वर्षा जारी रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
केहिदिनदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीहरुमा जलको वहाव बढेका छ । पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले आज दिनभर देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र
पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यसैगरी महाशाखाले देशका अधिकांश भू-भागमा बदली रहने जनाएको छ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । शनिबार राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्वी र मध्यका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।