मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • जब राष्ट्रपति भन्दा अगाडि नै स्वागत गर्न बिच्छ्याइएको रेड कार्पेटमा सर्पले सवारी गर्यो
प्रदेश १

जब राष्ट्रपति भन्दा अगाडि नै स्वागत गर्न बिच्छ्याइएको रेड कार्पेटमा सर्पले सवारी गर्यो

  • सिधा दृष्टी शनिबार, चैत्र २, २०७५ | March 16, 2019

काठमाडौं । राष्ट्रपति भण्डारीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई हिड्नको लागि ओछ्याइएको रेड कार्पेटमा सर्पले सवारी गरेको छ।

राष्ट्रपति आउनु भन्दा करिब आधा घण्टातिर नै विमानस्थलमा एउटा अचम्मको घटना देखियो। रेड कार्पेटमा राष्ट्रपति हिँडेको फोटो खिच्न पुगेका सञ्चारकर्मीहरुको अगाडिबाट एउटा सर्प निस्कियो।

त्यो पनि राष्ट्रपति भण्डारीको लागि ओछ्याइएको रेड कार्पेट हुँदै निस्कियो। त्यहाँ उपस्थित सञ्चारकर्मीहरुको ध्यान एकाएक त्यो सर्पतिर गयो र फोटो र भिडियो खिच्न थाले। केही बेरपछि उक्त सर्प झाडीमा पस्यो ।

राष्ट्रपति भण्डारी पाँच दिने अमेरिका भ्रमण

पूरा गरी स्वदेश फर्किएकी छन्। राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था कमिसन अन दि स्ट्याटस अफ वुमन को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय