सोमवार, साउन ३०, २०७९ | Monday 15th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • ३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री नेपाल आउँदै
प्रदेश १

३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री नेपाल आउँदै

  • सिधा दृष्टी बुधबार, फाल्गुन ८, २०७५ | February 20, 2019

काठमाडौँ । ३० वर्षपछि अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा भोली काठमाडौँ आउने भएका छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आउन लागेका हुन्। अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो। भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ।

दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता

भरतराज पौडेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन्।

उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन्। नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय