सोमवार, साउन ३०, २०७९ | Monday 15th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • प्रधानमन्त्री ओली भन्छन्ः प्रहरीको बढुवामा कसैले रिझाउनु छैन
प्रदेश १

प्रधानमन्त्री ओली भन्छन्ः प्रहरीको बढुवामा कसैले रिझाउनु छैन

  • सिधा दृष्टी मङ्लबार, माघ २९, २०७५ | February 12, 2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको सरुवा बढुवामा अब कसैले पनि रिझाउनु नपर्ने बताएका छन्।

मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

उनले प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै भने, हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन। प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन।

कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित

प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ। उनले भने।

ओलीले सरकार कुनै पनि पक्षपात, कोशेली वा चाकडीको पक्षमा नरहेको भन्दै यसलाई निर्मूल पार्न सरकार लागिपरेको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले आवश्यक भौतिक, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय