बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • सालको पात…गाउँदा विवादमा परे रवि ओड, दिए यस्तो स्पष्टीकरण
प्रदेश १

सालको पात…गाउँदा विवादमा परे रवि ओड, दिए यस्तो स्पष्टीकरण

  • सिधा दृष्टी मङ्लबार, माघ २२, २०७५ | February 5, 2019

काठमाडौं । लोकदोहोरी गीत ...सालको पात.. लाई स्टेजमा खराब तरिकाले गाएपछि विवादमा मुछिएका रवि ओडले स्पष्टिकरण दिएका छन्।

रवीले गाएको बारे लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका थिए। अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए।

सालको पात गाउँदा भएको त्रुटीबारे मुख खोलेका रवीले दर्शकको मागअनुसार वाध्यतावश गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको बताएका छन् ।

यस्तो छ उनको स्पष्टिकरण

नमस्ते सबै महानुभावहरुमा...

style="text-align: justify;">म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन १

दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैलेरहामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, “सालको पातको टपरी” मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आगाह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु १

अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “ सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु१

अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ, गालि गलौच र अपशब्दहरुले कतै स्थान नपाऒस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यबाद।

– रवि ओड

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय