मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • देशभर वर्षा भोलि मात्रै मौसम खुल्ने
प्रदेश १

देशभर वर्षा भोलि मात्रै मौसम खुल्ने

  • सिधा दृष्टी बुधबार, माघ ९, २०७५ | January 23, 2019

काठमाडौ ।  देशका विभिन्न भागमा गएराति देखि पानी परिरहेको छ ।
सुदुरपश्चिबाट सक्रिय हुँदै प्रवेश गरेको पश्चिमी बायुको प्रभावका कारण पानी परिरहेको हो ।
देशका मध्य र पश्चिमी भेगमा आज दिनभर नै पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौमा  पनि विहानसम्म ५ मिलिमिटर बर्षा मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । हल्कादेखि मध्यमखालको वर्षा भएपनि ठूलो पानी भने नपर्ने उनले बताए ।
पानी परेकाले चिसो बढेको छ

। पश्चिमी बायुको प्रभाव विस्तारै पूर्वतर्फ सर्दै गएकाले भोलि मध्य र पश्चिम क्षेत्रको मौसम सफा भएर पूर्वी क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ ।
सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी भेगमा हिमपात पनि भइरहेको मौसमविद् श्रेष्ठले बताएका छन् । वर्षा र हिमपातले जनजीवन प्रभावित बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय