काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायिŒवअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरेको छ । बैंकको भैरहवा शाखाले मंगलबार सिद्घार्थनगर, रुपन्देहीस्थित बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि एक कार्यक्रमको आयोजना गरी २ थान कम्प्युटर, २०० वटा उनीको टोपी तथा १ थान वाटर डिस्पेन्सर सहयोग स्वरुप प्रदान गरेको छ । प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिद्वय बैंकका सञ्चालक राहुल अग्रवाल तथा विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष खिमलाल पुरी रहेका थिए । कार्यक्रममा पुरीले
बैंकप्रति कृतज्ञता व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।
बैंकको खुरखुरे शाखाले गत २२ मंसिरमा राप्ती नगरपालिका १०, चितवनस्थित राष्ट्रिय आधारभूत विद्यालयका कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीहरुका लागि १०५ थान उनी स्वेटर प्रदान गरेको थियो । आर्थिक स्थिति निकै नै कमजोर भएका चेपाङ विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयका विद्यार्थीहरुको जाडो याममा पठनपाठन सहज बनाउने हेतुले सहयोग गरिएको थियो ।
यसैगरी बैंकको मंगलसेन शाखाले ४ पुसमा अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अध्ययनरत ११ जना योग्य विद्यार्थीहरुलाई कुल ३३ हजार छात्रवृत्ति स्वरुप प्रदान गरेको थियो ।