बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एनआइसी एसिया बैंककोे थप दुई शाखारहित बैंकिङ सेवा
समाचार

एनआइसी एसिया बैंककोे थप दुई शाखारहित बैंकिङ सेवा

  • सिधा दृष्टी बिहिबार, पुस १९, २०७५ | January 3, 2019

काठमाडौं । सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आङ्खनो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे यस एनआइसी एसिया बैंक लिमिटेडले युकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुलाको महाकाली नगरपालिका–७ धाप र महाकाली नगरपालिका–९ दत्तुमा आपm्नो २१औँ र २२औँ शाखारहित बैंकिङ सेवा १७ र १८ पुसबाट सञ्चालनमा ल्याएको छ ।
बैंकले महाकाली नगरपालिका–७ धापमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरे

। उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रुपमा शेरसिंह रैखोलालाई नियुक्त गरेको छ । यसैगरी बैंकले महाकाली नगरपालिका–९ दत्तुमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन महाकाली नगरपालिका–९का वडा अध्यक्ष हरसिंह डाँगाले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रुपमा कृष्णसिंह चौैसिरलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आङ्खनो गाउ“मै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बताइएको छ । साथै सो सेवाबाट बैंकिङ कारोबारका लागि स्थानीय बासिन्दाहरुलाई लामो दूरीसम्म हिँड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा समेत वित्तीय सवलीकरण भई बैंकिङ कारोबारको बिस्तार हुने विश्वास बैंकले लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय