आइतवार, मंसिर १८, २०७९ | Sunday 4th December 2022
जोडिनुहोस
Trending
नेपाल

प्रेमनाथको फस्र्टलुक

  • सिधा दृष्टी बिहिबार, पुस १९, २०७५ | January 3, 2019

काठमाडौं । प्रेमकथामा बनेको फिल्म ‘प्रेमनाथ’को ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर तथा फष्टलुक सार्वजनिक गरिएको हो ।
फष्टलुक पोष्टरमा फिल्मका पुरै कलाकारले स्थान पाएका छन्, भने ट्रेलर पनि अन्य फिल्मको भन्दा केही भिन्न प्रकारले निर्माण गरिएको छ । करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले प्रथामिकता पाएका छन् । ट्रेलर साउथ फिल्मको झल्को दिने खालको रहेको छ ।
२५सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको फिल्म कलाकार गणेश

बेलवासेले निर्देशन गरेका हुन् । फिल्ममा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ ।
२२ चैत्रबाट प्रदर्शनमा आउने फिल्मबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा छायाँकन भएको फिल्मका निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको फिल्ममा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई समेत रहेका छन् ।
काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने फिल्म उपत्यकामा गोपाल कायस्थले वितरण गर्नेछन् । भारतमा वितरणको जिम्मा बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् ।
‘प्रेमनाथ’ अहिलेसम्म फिल्ममा प्रयोग भएका भन्दा फरक प्रेमकथामा निर्माण भएको निर्देशक बेल्वासेले बताए । उनले एक्सन र प्रेमकथाले भरिएको फिल्म दर्शकको रुचिमा पर्ने दाबी गरे । निर्माता गुहेश्वरी बेलवासेले फिल्म निर्माणमा कुनै कम्परमाइज नगरेको बताइन् । फिल्मका कलाकार मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल लगायतले फिल्म अभिनय र आफ्नो भुमिकाको बिषय प्रकास पारे ।
‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी रहेका छन् । नृत्य निर्देशन रजिन पाठक हुन् । गीतमा राजेश पायल राई, भुपु पाण्डे, बेनुका राई, सूची पन्थी, अञ्जली पटेल, रेयापे दाजु र चित्रवीर जिसीको स्वर छ । ‘प्रेमनाथ’मा छायांकन सुमिन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय