बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • रामप्रसाद राईका नाममा हुलाक टिकट
फिचर न्युज 1

रामप्रसाद राईका नाममा हुलाक टिकट

  • सिधा दृष्टी आइतवार, पुस १५, २०७५ | December 30, 2018

काठमाडौं । सरकारले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
सञ्चार तथा सूचना–प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार १० रुपैयाँ दरका टिकटमा टा“चा लगाए । रामप्रसादकै नाममा यसअघि २०५५ सालमा ७५ पैसा दरका टिकट प्रकाशन गरिएको थियो । उनी २००७ सालको क्रान्तिमा भोजपुर क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको सिंहदरबार विद्रोहपछि बेपत्ता भएका थिए ।
इतिहासले न्याय गर्छ भन्ने टिकट प्रकाशन कार्यबाट प्रमाणित भएको मन्त्री बाँस्कोटाको भनाइ थियो । ‘यो साधारण

हुलाक टिकट होइन’, उनले भने, ‘रामप्रसादले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको सम्मान भएको छ । न्यायको जित भएको छ । यो कार्य त उहिल्यै हुनुपथ्र्यो ।’
हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले इन्डोनेसियामा ५ लाख प्रति टिकट छापिने बताए । ‘अहिले १६० वटा लिएर आएका छौं’, उनले भने, ‘बा“की तीन महिनाभित्र आउनेछ ।’ उनका अनुसार यो टिकट पूर्णकला लिम्बूले डिजाइन गरेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय