बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ‘नाजिकाजी स्मृति’द्वारा राष्ट्रकवि अभिनन्दत
मुख्य खबर

‘नाजिकाजी स्मृति’द्वारा राष्ट्रकवि अभिनन्दत

  • सिधा दृष्टी आइतवार, पुस १, २०७५ | December 16, 2018

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘नातिकाजी स्मृति समाज’ले अभिनन्दन गरेको छ । नातिकाजीको ९३औँ जन्म जयन्तीको अवसर पारेर उनकै घरको प्राङ्गनमा ५० हजार रुपैयाँ नगदसहित राष्ट्रकवि घिमिरेलाई समाजका तर्फबाट नातिकाजी स्मृति अभिनन्दनबाट अभिनन्दित गरिएको हो ।
नातिकाजी र राष्ट्रकविको सांगीतिक यात्राले नेपाली संगीत क्षेत्रले उत्कृष्ट सृजना पाएकाले राष्ट्रकविलाई अभिनन्दन गरिएको कार्यक्रममा जानकारी गराइयो । सोही कार्यक्रममा २०७४ सालको ‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मानबाट अग्रज लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई सम्मानित गरियो ।
यस्तै नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मानबाट गायन

तर्फ अग्रज गायक एबम् हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई र अग्रज गायक रामप्रसाद (प्रसाद) श्रेष्ठलाई सम्मान गरियो । यही सम्मान गीतकार तर्फ बरिष्ट चिकित्सक गीतकार द्धय डा. भोला रिजाल र डा. अरुण सायमीलाईसम्मानित गरियो ।
कार्यक्रममा नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान–२०७४ बाट संगीततर्फ स्व. रमेश ताम्राकारलाई र पत्रकारितातर्फ बरिष्ट पत्रकार एवं कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई सम्मानित गरिएका छ ।
यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७४’ बाट गीतकारतर्फ अग्रज गीतकार सुवासचन्द्र ढुँगेल, गायक तथा संगीततर्फ गायिका एवं राष्ट्रियसभाकी सांसद कोमल ओली र चर्चित गायक राजेशपायल राईलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही २० हजार एक रुपैयाँ र ताम्रपत्रबाट सम्मानित गरिएको थियो ।
यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार–२०७४’बाट संगीततर्फ नेपाल संगीतकार संघका अध्यक्ष एवं संगीतकार लक्ष्मण शेष (बिडारी), गायकतर्फको अवार्ड युवा गायक प्रमोद खरेललाई र गायिकातर्फ अवार्ड मीना निरौला पोखरेललाई प्रदान गरिएको छ । यी तीन जना श्रष्टालाई जनही ११ हजार १ सय ११ रुपैयाँसहित ताम्रपत्रबाट पुरस्कृत गरिएको थियो ।
नातिकाजी स्मृति समाजलाई निरन्तर सहयोग पु¥याउनेहरु मध्यबाट यसपटक सुरुँगा झापाका शिक्षासेवी द्विराज शर्मा शिवाकोटीलाई सम्मानित गरियो । दिवंगत अग्रज संगीतकार नातिकाजीको ९२आ“ै जन्मजयन्तीको अबसर पारेर गतवर्ष घोषणा गरिएको यो सम्मान र पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेले समारोहमा प्रदान गरे ।
नातिकाजी स्मृति समाजका अध्यक्ष एवं बरिष्ठ संगीतकार शम्भुजीत बा“सकोटाले नेपाली संगीत क्षेत्रमा आआफ्नो क्षेत्रबाट विशिष योगदान पु¥याएको कारण सम्बन्धित श्रष्टालाई यी सम्मान एवं पुरस्कृत गरिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय