बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अनन्त लिंगेश्वरमा जेसुम यात्रा
मुख्य खबर

अनन्त लिंगेश्वरमा जेसुम यात्रा

  • सिधा दृष्टी आइतवार, पुस १, २०७५ | December 16, 2018

काठमाडौं । कला, साहित्य र रंगमञ्चमार्फत सकाराकात्मक उत्प्रेरणा प्रबद्र्धन गर्ने ध्येयसहित शुरु भएको ‘जेसुम यात्रा’को तेस्रो संस्करण भक्तपुरको अनन्त लिंगेश्वरमा शनिबार सम्पन्न भएको छ ।
कवि, चित्रकार र रंगकर्मी हाइकिङ गर्दै सिर्जना गर्ने यो यात्रा धुलिखेल, नगरकोट हुँदै तेस्रो श्रृंखलाका लागि अनन्त लिंगेश्वर छानिएको जेसुमका संयोजक एवं कवि अनिता लामाले बताइन् ।
‘जेसुमको अर्थ सौन्दर्य, सामाथ्र्य अथवा पहिचान पनि हो’, उनले भनिन्, ‘कला, साहित्य र रंगमञ्चमा हामै वरिपरिको मौलिक विषयबस्तु, पात्रसँगै मौलिक विम्ब र प्रतीकको खोजी गर्ने अभियान

पनि हो यो ।’
शनिबार विहानै चित्रकार, साहित्यकार र रंगकर्मीहरुको एउटा टोली ठिमीको शंखधर साख्वा चोकबाट हिँड्दै अनन्त लिंगेश्वर डाँडा पुगेको थियो । शहरकै पक्की सडकबाट थालिएको हाङकिङ टोली गाम्चाको खेतका गरा, बारीको डिल हुँदै तर्खगालचोकबाट अघि बढेको थियो ।

टोलीमा कवि अनिता लामासँगै फूलमान वल, अनन्त वाग्ले, सुरेश हाचेकाली, सजनी नौबागे, बालकृष्ण बस्नेत, रमेश कँडेल, पुष्करराज साउँतेली र स्थानियहरु सहदेव न्यौपाने, श्रीराम न्यौपाने लगायत थिए भने चित्रकारहरुमा दिपेन्द्रमान बनेपाली, लालकाजी लामा, विक्रम प्रजापति, राजेन्द्र याकामी, झलक केसी, कान्छाकाजी भासिमा र प्रकाश मानन्धर थिए ।
उनीहरुले तर्खगाल चोकमा हरिया रुखका हाँगालाई सजेसनमा राखेर पुराना घरहरु क्यानभासमा कम्पोज गरे । वाटरकलरमा उनीहरुले उतारेको दृष्यचित्र निकै मनमोहक थिए ।
चित्रकार र कविहरुले लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, गणेश र मनास्लु हिमाल हेर्दै सिर्जना गरिहेका बेला सांसद एवं पुर्वमन्त्री महेश बस्नेत, सुर्य विनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, वडा अध्यक्ष उत्तम थापा समेत आइपुगेका थिए ।
सांसद बस्नेतले कुनै समय आफूले पनि ‘अनि मात्र सिंगो देश व्यँझिन्छ’ नाम नाटक लेखन, निर्देशन र अभिनय गरेको अनुभव सुनाउँदै भक्तपुरमा सांस्कृतिक र बाताबरणमैत्री विकासका लागि आफू लागिपरेको बताए । उनले आफ्ना पुराना कविताका केही पंक्ती समेत सुनाउँदै भने, ‘पाँचबर्षपछि भक्तपुरमा मानिसहरु विकासको नमुना हेर्न आउनेछन् ।’ सकारात्मक उत्पे्ररणाको अभियानको रुपमा जेसुमलाई निरन्तरता दिने संयोजक अनिताले बताइन् ।

०००

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय