शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट’
समाचार

बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट’

  • सिधा दृष्टी बुधबार, मंसिर २६, २०७५ | December 12, 2018

काठमाडौं । गीतकार बुद्धवीर लामालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । अमेरिकामा आयोजना हुने ‘थर्ड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड–२०१८’मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।
संयुक्तराज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको जनाइएको छ ।
कार्यक्रममा फिल्मतर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने पुराना निर्देशक बन्नी प्रधानलाई प्रदान गरिने भएको छ । बन्नीले तिलहरी,

देउकीलगायतका चलचित्र निर्देशन गरेका छन् ।
प्रधानलाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लामालालाई गीत संगीतमा पुर्याएको योगदानको कदर गर्दै सम्मान दिन लागिएको हो ।
अमेरिकामा रहेका अधिकांश कलाकार तथा प्राविधिकको सहभागिता रहने कार्यक्रममा नायक, नायिका, गीतकार, पत्रकारलगायत २५ जना सम्मानित हुने आयोजक संस्था लभ एण्ड सपोट फाउण्डेसनका अध्यक्ष मनोज राईले जानकारी दिए ।कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेश डिसी र गीतकार लामा सहभागी हुँदैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय