काठमाडाैँ । विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म गोपीको पोस्टर रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । दीपेन्द्र लामाद्वारा निर्देशित गोपीमा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । फिल्म आगामी १८ माघमा रिलिज हुँदैछ ।