काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबको अपराजित यात्रा जारी छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजित गरेपछि उसले लगातार सातौँ जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङ्ले ८४औँ मिनेटमा ओबाबाले अफिजको गोलमार्फत अग्रता कामय ग¥यो । भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो ।
खेलको ६१आ“ै मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । मनाङका अडिलाजालाई
मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भए । जितसँगै मनाङ सात खेलमा सतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अंक जोडेर शीर्ष स्थानमा यथावतै छ । मछिन्द्र भने तीन अंकसहित तालिकाको १३औँ स्थानमा छ । यसैबीच सोमबारको खेलसँगै सातौँ चरणका खेल सकिएका छन् । आठौँ चरणका खेल बिहीबारदेखि सञ्चालन हुने बताइएको छ ।
आर्मी विजयी
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गतको सोमबारको खेलमा विभागीय टोली आर्मी विजयी भएको छ ।
सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजमाथि १–० गोल अन्तरले विजय हासिल गरेको हो ।
आर्मीको जितमा टंक बस्नेत नायक बनेका छन् । उनले खेलको ६७औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अंक जोड्दै तालिकाको चौँथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान ७ खेलबाट ४ अंकसहित तालिकाको ११आैँ स्थानमा छ ।