बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • साँघुरिँदै निर्मला हत्या अनुसन्धान : प्रहरी महानिरीक्षक
फिचर न्युज 1

साँघुरिँदै निर्मला हत्या अनुसन्धान : प्रहरी महानिरीक्षक

  • सिधा दृष्टी सोमवार, मंसिर २४, २०७५ | December 10, 2018

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी नर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको बताएका छन् । उनले संसदीय समितिलाई सो जानकारी दिएका हुन् ।
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको सोमबारको बैठकमा उनले अनुसन्धानलाई सााघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए ।
महानिरीक्षक खनालले भने, ‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन,

प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।’
कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले सोमबार प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो ।
महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताए । उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशंका देखिएको उल्लेख गरे ।
महानिरीक्षक खनालले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई कानूनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गरे । राष्ट्रविरोधी र अवाञ्छित गतिविधि गर्नेलाई पक्राउ गरी कारवाही गरिएको पनि उनको दावी थियो ।
‘कुनै अप्रिय घटना नहुन दिनका लागि सुरक्षालाई दृढताका साथ सबै सतर्कता र सक्रियता अपनाइएको छ, महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ’, महानिरीक्षक खनालले भने । उनले समग्र शान्तिसुरक्षा र सुशासनका सम्बन्धमा आफूले मात्र नभई गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताए ।
समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो कमजोर भयो भनी प्रश्न गरेका थिए ।
समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भए पनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नष्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशंका देखिएको जिकिर गरे । उनले सुन तस्करी प्रकरणमा पनि ठूला मान्छेलाई जोगाउने काम भएको आरोप लगाए ।
सदस्य प्रमीलाकुमार यादवले सुरक्षा दिन नसक्ने सुरक्षा अधिकारीले राजीनामा दिनुपर्ने बताए भने अर्का सदस्य मुक्ताकुमारी यादवले पछिल्लो समयमा पक्राउ परिएका घटना भएको दिन त्यहा“ नरहेको समाचार आउनुको रहस्य खुलाउन माग गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय