बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रतिफल आउने काम हुँदैछ : मन्त्री बाँस्कोटा
फिचर न्युज 1

प्रतिफल आउने काम हुँदैछ : मन्त्री बाँस्कोटा

  • सिधा दृष्टी सोमवार, मंसिर २४, २०७५ | December 10, 2018

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको बताएका छन् ।
प्रेस काउन्सिल नेपालद्वारा राजधानीमा आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘जो कोही मान्छे आफ्नो ठाउ“मा पुगेपछि मेरो बदनामी नै होस् भनेर कसैले पनि सोच्दैन, गर्दै जाँदा गल्ती पनि हुन्छन्, तर हामी कामको नतीजा आउनेतर्फ सचेत छौँ ।’
सरकारले नौ महीनाको अवधिमा गरेका कामहरुलाई अंश अंशमा हेर्नेभन्दा पनि ठिक्कैमा प्रतिफल खोेजेर केही

पनि काम भएन भन्नु दुर्भाग्य हुने सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाइ छ ।
उनले भने, ‘सरकार आलोचनाबाट डराउने होइन, तर अनुरोध यत्ति हो, वास्तविकता होस्, एक पक्षीय हुनु हुँदैन, मिडियाले आलोचनात्मक चेत राख्नुपर्छ, तर मिडिया आफैँ प्रतिपक्ष हुनुहुँदैन भन्ने मात्रै हो, प्रतिपक्ष त अर्कोको काम हो, मिडियाले त तथ्य पस्किनुपर्छ, त्यसको भागिदार सरकार हुने ठाउँमा सरकार वा अरु हुने ठाउँमा अरु हुन्छन् ।’
सरकारले सञ्चारको क्षेत्रमा समानुपातिक विज्ञापन, पत्रकारको २५ प्रतिशत तलब वृद्धिलगायतका महत्वपूर्ण काम गरेपछि पत्रकार महासङ्घलगायतका संघसंस्थाले नै कार्यान्वयन गर्ने विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।
मन्त्री बाँस्कोटाले काउन्सिलले प्रदान गर्ने यो वर्षको ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ नयाँ पत्रिका दैनिक र अनलाइन डट कमका सम्पादकद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गरे । पुरस्कारको राशि जनही रु दुई लाख ५० हजार रहेको छ ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलले पत्रकारको क्षमता विकास, योगदानको कदर गर्दै सुखदुःखको साथी रहेको बताउँदै पत्रकार आचारसंहिताप्रति सजग र सचेत भएमा पत्रकारमाथि हुने अवाच्छित आक्रमणलाई ८० प्रतिशत कम गर्न सकिने धारणा राखेका थिए । सो अवसरमा सानीमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले पत्रकारको योगदानको कदर गर्न पुरस्कारको स्थापना गरिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय