बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध
समाचार

हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध

  • सिधा दृष्टी सोमवार, मंसिर २४, २०७५ | December 10, 2018

फ्रान्कफर्ट, (एएफपी)– जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ ।
डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको छ । हड्तालका कारण उच्च गतिको रेलसेवाका साथै एक सहरबाट अर्को सहर जोड्ने अन्य छोटो दूरीको रेलसेवा पनि अबरुद्ध भएको डच बाहनको वक्तव्यमा उल्लेख छ । दक्षिणी राज्य बाभारियाका सबै रेलसेवा रद्द गरिएका छन् ।
डच बाहन र मजदूर युनियनबीच रेल मजदूरको तलबमा ७ दशमलब ५

प्रतिशत वृद्धि गर्ने मागमा सहमति हुन नसकेपछि मजदूरहरु हड्तालमा उत्रिएका हुन् । जर्मनीको सबैभन्दा ठूलो रेल कम्पनी डच बाहनमा हाल एक लाख ६० हजार कामदार छन् ।
जर्मन समाचार संस्था डीपीएका अनुसार डच बाहनले मजदूर युनियनका नेताहरुलाई पुनः वार्ताका लागि आमन्त्रण गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय