बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा : मन्त्री गुरुङ
फिचर न्युज 1

स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा : मन्त्री गुरुङ

  • सिधा दृष्टी आइतवार, मंसिर २३, २०७५ | December 9, 2018

काठमाडाैँ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको जानकारी गराएका छन् ।
नेपालीले स्वास्थ्य सेवा पाएर स्वस्थ नभएसम्म समृद्धि प्राप्त नहुने भएकाले सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिएर सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको उनको भनाई थियो ।
गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब्रोटरी ‘युनाइटेड रेफरेन्स ल्याब्रोटरी प्रालि’ पाँचौं वार्षिकोत्सव तथा युआरएल पत्रकारिता पुरस्कार अर्पण समारोहमा उनले सो जानकारी गराएका हुन् । मन्त्री गुरुङले सरकारले प्रदेशमा एक हजार शय्याको

अस्पताल बनाउने उद्देश्यले बजेट विनियोजन गरेको र त्यसको अध्ययन भइरहेको जानकारी दिए ।
उनले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश राजधानीमा राम्रो र व्यवस्थित अस्पतालहरु बनाउन लागेको पनि बताए । उनले भने, ‘सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । प्रदेश राजधानीमा एक हजार तथा नगरपालिकामा ५० र गाउँपालिकामा २५ शय्याको अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेका छौँ ।’
सरकारले तीनवटा विशिष्टीकृत अस्पताल निर्माण गर्ने योजनाअनुसार नै अस्पतालका लागी बजेट विनियोजन गर्न लागेको बताए । उनले मुटु, क्यान्सर र मिर्गाैला रोगको उपचारका लागि अस्पताल निर्माणको लागि अध्ययन भइरहेको तथा बाल तथा मातृ स्वास्थ्यको क्षेत्रमा समेत छुट्टै कोष स्थापना गरिएको मन्त्री गुरुङले बताए ।
मन्त्री गुरुङले प्रदेश सरकारले शून्यताको अवस्थाबाट काम शुरु गरेको हुँदा विकास निर्माण लगायत जनताका अपेक्षा पूरा गर्न समय लागिरहेको बताए । उनले तैपनि मंसिर महीनाभित्र अधिकांश कार्यक्रमको कार्यविधि निर्माण भइसक्ने बताए । त्यसपछि विकासका काम अघि बढ्ने भनाइ उनको थियो ।
नेपाल संगीत तथा नाट्य एकेडेमीका निर्वतमान कूलपति सरुभक्त श्रेष्ठले यूआरएलले छोटो समयमै मधुमेह तथा थाइराइड रोगका बारेमा जनचेतना जगाउन सफल भई स्तरीय प्रयोगशालामार्फत सेवा दिएकोमा खुशी व्यक्त गरे ।
संस्थाका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले पाँच वर्षको अवधिमा एक लाख २५ हजार जनालाई सेवा प्रदान गरिएको र जटिल रोगका रक्तपरीक्षण पोखरामै सम्भव भएको जानकारी दिए । कार्यक्रममा संस्थाले स्थापना गरेको युआरएल पत्रकारिता पुरस्कार २०७५ बाट पोखरामा क्रियाशील पत्रकार यदुनाथ वञ्जारा पुरस्कृत भएका थिए । पुरस्कारको राशि नगद १५ हजार तथा सम्मान पत्र रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय