वासिंगटन, (एएफपी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ‘चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताएका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले जेनरल जन केली केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने जानकारी दिए । उनले शनिबार ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गरेका थिए ।
राष्ट्रपति ट्रम्पले केलीलाई एकदमै राम्रो मान्छेको संज्ञा दिँदै सहयोग र सहकार्यका लागि धन्यवाद भनेका छन् । ‘उहाँ झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा हुनुहुन्थ्यो, मलाई उहा“को काम
गराई निकै मन परेको छ,’ ट्रम्पले भने ।
केलीको उत्तराधिकारी केही दिनमा घोषणा गर्ने पनि उनले बताए । गत महिना रोयटर्स समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको छ ।
केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको विवरण सार्वजनिक भएको थियो ।
ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउ“मा नियुक्त गरेका थिए ।
सूचना चुहिएको भनिएका बेला सेनाभित्रको प्रशासनमा अनुशासन ल्याउने बाचा गरेकाले उनलाई जिम्मेबारी दिइएको थियो ।
उनले आफ्नो उक्त उद्देश्यमा सफल भएको दाबी गरेपनि सूचना चुहिने क्रम भने पूर्णरुपमा रोकिएको थिएन । अमेरिकाको राष्ट्रपतिका रुपमा ट्रम्प निर्वा्चित भएपछि अहिलेसम्म राष्ट्रपति कार्यालयबाट २८ जना पदमुक्त भएका छन् । तीमध्ये अधिकांशलाई ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले आफै छाडेका थिए ।