बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गणेशमान सिंह स्मृति बक्सिङ हुँदै
समाचार

गणेशमान सिंह स्मृति बक्सिङ हुँदै

  • सिधा दृष्टी शनिबार, मंसिर २२, २०७५ | December 8, 2018

काठमाडौं । आगामी माघमा गणेशमान सिंह स्मृति बक्सिङ हुने भएको छ । शुक्रबार गणेशमान सिंह फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा आगामी २२ माघदखि वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने जानकारी दिइएको छ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजिव श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली नेपाल

प्रहरी, एपिएफ र नेपाल आर्मीबाट ८० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने छ ।
प्रत्येक स्पर्धामा पहिलो र दोस्रो हुने खेलाडीले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा रोकिने दुई खेलाडीलाई समान ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट पुरुष (महिला खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न ८० देखि ९० लाखसम्म खर्च हुने बताइएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख उपलब्ध गराउने संयोजक श्रेष्ठले जानकारी दिए । नपुग रकम प्रायोजकबाट संकलन गरिने छ । पाँचदिने प्रतियोगिताका खेलहरु बसन्तपुर डबलीमा खेलाइने छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय