काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सुशासन र विकास पहिलो शर्त भएको बताएका छन् ।
शनिबार नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको बताए । उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सुशासन र विकास सरकारको पहिलो शर्त हो ।’
सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले
भने, ‘केही मानिसहरुले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ ।’
प्रधानमन्त्री ओलीले इन्जिनियर पेशलाई मर्यादित र विश्वसनीय बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘तपाईहरुको पोगत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।’ एशोसिएसनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ ।