बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • जेठसम्ममा सबै ठीक हुन्छ : मन्त्री महासेठ
फिचर न्युज 1

जेठसम्ममा सबै ठीक हुन्छ : मन्त्री महासेठ

  • सिधा दृष्टी शनिबार, मंसिर २२, २०७५ | December 8, 2018

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सहरी सौदर्य प्रवद्र्धन सघाउ अभियान’लाई निरन्तरता दिएको छ । महानगरपालिकाले ८ मंसिरदेखि सुरु गरेको यो अभियानलाई अब निरन्तरता दिने जनाएको छ ।
यसैक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि काठमाडांँ महानगरपालिकाले रातदिन नभनी सरसफाई अभियानलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहने बताए । उनले शनिबार उक्त सरसफाई अभियान सुरु हुनुअघि बोल्दै काठमाडौं महानगरपालिकाले काम गरिरहेको बताउँदै भन्े, ‘महानगरपालिकाले रातोदिन काम गरिरहेको छ । तर, अहिले बन्दै गरेका

भौतिक संरचना र त्यसका निर्माण सामाग्री जथाभावी मिल्काउँदा सहरको सौर्दयीकरण बढाउन केही समस्या भएको छ ।’
मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण पनि महानगर फोहोर भएको भन्दै अब जेठ मसान्तसम्म सबै ठिक हुने दाबी गरेकाछन् ।
उनले भने, ‘म तपाइँहरुसँग जेठ मसान्तसम्मको समय माग्छु । त्यो बेलासम्ममा कलंकी–नागढुंगाको बाटो पनि बनिसक्ने छ । उनले महानगरपालिका सफा अभियानप्रति प्रतिवद्धता समेत जनाए ।
उनले भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुने भन्दै मौसम प्रतिकुलताले कलंकी नागढुंगा सडक निर्माण भइनसकेकोले धुँवाधुलो नियन्त्रणमा समस्या भएको बताए ।
त्यस्तै, मेयर विद्या सुन्दर शाक्यले अहिले धरहरा, दरबार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूलाठूला भौतिक संरचना निर्माण भइरहेको बताउँदै ती संरचनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो महानगर सफा हुने बताए । उनले निकट भविष्यमै थप पाँचओटा ब्रुमर आउने तयारीमा रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय