बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • माछापुच्छ्रु बैंकको ३ नयाँ शाखाको शुभारम्भ
मुख्य खबर

माछापुच्छ्रु बैंकको ३ नयाँ शाखाको शुभारम्भ

  • सिधा दृष्टी शनिबार, मंसिर २२, २०७५ | December 8, 2018

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले तीन शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौँडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवन कालिकानगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ । हेटौँडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जयमुकुन्द खनाल र हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपले गरे । त्यसैगरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपले गरे । कालिका शाखा कार्यालयको उद्घाटन बैंकका

सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले संयुक्त रुपले गरे ।
लालीगुराँस बहुउद्देश्यीयको १९औँ साधारणसभा सम्पन्न
ललितपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघीय संसदको सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सम्पन्न भएको हो । उनले देशको आर्थिका विकासका लागि सहकारीले गरेको योगदानको विषयमा चर्चा गरे । उनले सहकारी क्षेत्रमा लालीगाँरास बहुसहकारी संस्था लि.ले गरेको योगदानको चर्चा गर्दै सहकारीहरुको विकासमा सरकारले योगदान गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा उनले संस्थाको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोलेका थिए भने संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर २८ वटा वाणिज्य बैंकहरु पछि दोस्रो ठूलो वित्तीय कारोबार सहकारी संघ संस्थाहरुबाट रहेको जानकारी गराए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय