बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकी प्रतिबन्ध ‘आर्थिक आतंकवाद : इरान
समाचार

अमेरिकी प्रतिबन्ध ‘आर्थिक आतंकवाद : इरान

  • सिधा दृष्टी शनिबार, मंसिर २२, २०७५ | December 8, 2018

तेहरान, (एएफपी)– अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन् ।
शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा बनाई इश्लाम धर्म भएकै कारण दबाबमा परेका अरब राष्ट्रहरूको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भब भएको राष्ट्रपति रौहानीले बताए ।
‘अमेरिकाको पक्षपाती तथा गैर–कानूनी प्रतिबन्ध आफ्नो सम्मानित राष्ट्रको प्रगतिलाई लक्षित गरी आएको आर्थिक नाकावन्दी भएको हो,’ उनले बताए ।
अफगानिस्तान, चीन, पाकिस्तान, रूस र टर्कीका उच्च अधिकारी सम्मेलनमा सहभागी रहेका

छन् ।
आर्थिक आतङ्कवाद इरानको अर्थतन्त्रमा सङ्कट उत्पन्न गर्न र यसबाट अन्य मुलुकहरूमा लगानी भित्रिनबाट रोक्नलाई तर्साउने अमेरिकी ट्रम्प प्रशासनले रचेको चालवाजी भएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय