शनिबार, मंसिर १०, २०७९ | Saturday 26th November 2022
जोडिनुहोस
Trending
समाचार

हाँस्य बिधामा जम्दै ज्याक

  • सिधा दृष्टी बिहिबार, मंसिर २०, २०७५ | December 6, 2018

काठमाडौं । हाल प्रदर्शनमा आएकोे चलचित्र ‘चंगा चेट’बाट प्रसस्तै प्रसंशा बटुलेका हाँस्यकलाकार ज्याक श्रेष्ठ अभिनित चलचित्र ‘ज्याकपोट’ र ‘शिवा दि लिडर’नामक चलचित्र प्रदर्शनमा आउने तयारीमा रहेको छ । जुन चलचित्रबाट उनले धेरै आशा गरेका छन् ।
बाहिरी ब्यानरको चलचित्रहरुमा ब्यस्त भएपनि उनले आफ्नै होम प्रोडक्शनमा ‘तीन तिघ्रे’ बनाउने घोषणा गरिसकेका छन् । हाँस्य कलाकार भएर होला जतिखेर पनि हासी रहने ज्याक श्रेष्ठ यतिबेला स्टेज कार्यक्रम र चलचित्रको काममा नै ब्यस्त रहने गरेका छन् ।
छोटै समयमा आफुलाई कला

क्षेत्रमा स्थापित गराउन सफल हाँस्य कलाकार हुन ज्याक । आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा होमिएका ज्याकले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् ।
मोरङस्थित बिराट कला मन्दिरबाट अभिनय कलाको प्रशिक्षण लिएर अभिनय यात्रा सुरु गरेका ज्याकले त्रिदेव, हिरोज, झिल्को, पशुपति प्रसाद, लालजोडी, धनपति, रुद्र, निर्भय, पिंजडा ब्याग एगेनलगायतका चलचित्रमा अभिनय गरेका छन् ।
हा“स्य कलाकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ज्याक श्रेष्ठको बहुप्रतिक्षित चलचित्र ज्याकपोट हो, जुन प्रदर्शनको पर्खाइमा रहेको छ । उनी भन्छन्, ‘आफु हाँस्य कलाकार भएकाले जीवनभर दर्शक, श्रोताहरुलाई सधै भरी हँसै रहन सकियो भने मेरो कला जीवन सार्थक भएको ठान्दछु ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय