बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रदेशको विकासका लागि गुरुयोजना तयार गरिने
फिचर न्युज 1

प्रदेशको विकासका लागि गुरुयोजना तयार गरिने

  • सिधा दृष्टी बुधबार, मंसिर १९, २०७५ | December 5, 2018

दुल्लु (दैलेख) । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
बुधबार प्रेस चौतारी र प्रेस सेन्टरद्वारा दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको भन्दै प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने बताए ।
उनका अनुसार नौ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले लगानी जुटाउन असफल देखिएको, लगानी जुटाउन

असफल भएकै कारण पटक–पटक म्यादसमेत थपिएकाले अब पनि जिएमआर कम्पनीले लगानी जुटाउन नसके जिएमआरले छाडेर कर्णाली प्रदेश सरकारले आफैँ निर्माण गर्ने बताए ।
मुख्यमन्त्री शाहीले भारतस“ग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको द्रूत मार्गको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै उक्त दु्रत मार्ग दैलेख हुँदै जानेमा विश्वस्त रहन सबैमा आग्रह गरेका छन् ।
कर्णाली प्रदेशको समृद्धिका आधार पर्यटन रहेको उल्लेख गर्दै उनले त्यसका लागि सम्भावनाहरुको खोजी भइरहेको बताए ।
दैलेखको दुल्लु क्षेत्रलाई ‘पर्यटकीयस्थल बन्दीपुर’ जस्तै बनाउने भन्दै मुख्यमन्त्री शाहीले कर्णालीको गरिबी हटाउन स्रोतको खोजीसँगै सम्भावनाहरुको खोजी भइरहेको बताएका छन् । उनले समग्र कर्णालीको विकासका लागि तीनवटै तहका सरकार र यहाँ कार्यरत गैरसरकारी संघसंस्थासँग सरकारले हातेमालो गर्ने बताउँदै गैरसरकारी संघसंस्थाले होटलमा कार्यक्रम गरेर खर्च गर्ने रकम अब विकासका काममा लगाउन आग्रह गरे ।
आत्मनिर्भर मानसिकताको विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले नयाँ संरचना भएका कारण प्रदेशको बजेट कार्यान्वयनमा तत्काल केहि समस्या देखिए पनि विस्तारै अन्त्य हुने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय